प्रदेश ३ का ३६८ वटा वडा स्वास्थ्य संस्थाविहीन
काठमाडौं, असार २२ । प्रदेश ३ का ३६८ वटा वडा स्वास्थ्य संस्थाविहीन रहेको पाएको छ ।
स्वास्थ्य निर्देशनालयले जनाए अनुसार प्रदेश नं ३ का ३६८ वटा वडा स्वास्थ्य संस्थाविहीन रहेको पाएको हो ।
प्रदेश नं ३ का ३६८ वडामा सामान्य उपचारको समेत व्यवस्था नरहेको निर्देशनालयले आइतबार काठमाडौंमा कार्यक्रम गरी जनाएको हो ।
प्रदेशका ४९ प्रतिशतले मात्र परिवार नियोजनको साधन प्रयोग गर्ने गरेको र २८ प्रतिशत गर्भवती महिलाले मात्र आईरन चक्की खाने गरेको पाइएको छ ।
प्रतिक्रिया दिनुहोस्