गैर संवैधानिक काम गर्न निर्वाचन आयोगलाई दबाब नदेउ: काँग्रेस

काठमाडौं । नेपाली कांग्रेसले गैरसंवैधानिक काम गर्न निर्वाचन आयोगलाई दबाब नदिन वाम गठबन्धनलाई चेतावनी दिएको छ ।

मंगलबार बसेको कांग्रेस शीर्ष नेताहरुको बैठकले राष्ट्रियसभा गठनपछि मात्र प्रतिनिधिसभाले पूर्णता पाउने ठहर समते गरेको छ । ‘
बैठकमा नेताहरुले प्रधानमन्त्री एवं पार्टी सभापतिलाई राष्ट्रिय दलका शीर्ष नेताहरुसँग परामर्श गर्नु गरि अविलम्म राष्ट्रियसभा निर्वाचनको मिति आग्रह गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आजभोलि नै प्रमुख दलका नेताहरुसँग परामर्श गर्नेछन् र त्यसपछि सरकारले राष्ट्रियसभा निर्वाचनको मिति तोक्ने कुरा भएको बैठकमा सहभागि नेता प्रकाश शरण महतले जागरण न्युजलाई बताए ।

कांग्रेसले संविधानको धारा ८४ को उपधारा ८ अनुसार प्रतिनिधिसभाको समानुपातिक सिट निर्धारणका लागि राष्ट्रियसभा निर्वाचन आवश्यक भएको बताएको छ ।

वाम गठबन्धनले निर्वाचन आयोगलाई प्रतिनिधिसभाको समानुपातिक परीणाम सार्वजनिक गर्न दबाब दिनु गैरसंवैधानिक भएको कांग्रेसको ठहर छ ।
‘हिजो उहाँहरुले दिएको जस्तो दबाब हरेक राजनीतिक दलले दिने हो भने आयोगले संवैधानिक व्यवस्था अनुसार चुनाव गर्नै सक्दैन’ कांग्रेस नेता खाँडले भने, आयोगलाई गैरसंवैधानिक काम गर्न प्रेरित गर्नु र दबाब दिनु अनुचित हो ।’

एमाले र माओवादी केन्द्रका नेताहरुले सोमबार निर्वाचन आयुक्तहरुलाई भेटेर प्रतिनिधिसभाको समानुपातिकको मत परीणाम सार्वजनिक गर्न दबाब दिएका थिए ।

बैठकमा पार्टी सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव तथा नेता खुमबहादुर खड्का, पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, डा रामशरण महत, डा प्रकाशशरण महत, महेश आचार्य, डा मीनेन्द्र रिजाल खाँणलगायत उपस्थित थिए।

प्रतिक्रिया दिनुहोस्