नेपालबाट भारत निकासी हुने कृषिजन्य बस्तुमा भारतले परीक्षण गर्दै, ओली सरकारले भने लिएको निर्णय पनि फिर्ता लियो

काठमाडौं , असार २२ । नेपालबाट जाने कृषिजन्य बस्तुमा भारतले विषादी परीक्षण गर्दै आएको छ ।

नेपालले तत्कालका लागि भनेर भारतबाट आउने कृषिजन्य बस्तुमा विषादी परीक्षण स्थगन गरेपनि भारतले भने गर्दै आएको छ ।

नमूना परीक्षण गर्दा कम्तिा एक हप्तादखि १५ दिनसम्म सीमा नाकामै सामान रहने गरेको छ । नेपाली, चिया, अदुवा, कफीमा विषाधीका नाममा बेला बेला भन्सार नाकामा कडाई हुने गरेको छ ।

नेपालबाट भारत निकासी हुने कृषिजन्य बस्तुमा भारतले ६ बर्षदेखि विषादी परिक्षण गरिरहेको छ । भारतले कोलकाताको प्रयोगशालामा नमुना लगेर परीक्षण नगरी भारत निकासी गर्न पाइँदैन ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीका अनुसार नेपालका व्यवसायीले भारतको कोलकाता र लखनउमा रहेका प्रयोगशालामा कृषिजन्य बस्तुका नमुना लगेर परीक्षण गराउनुपर्छ ।

यसैबचि राष्ट्रियसभाको आइतबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतलगायत तेस्रो मुलुकबाट नेपाल आउने तरकारी तथा फलफूलको विषादी परीक्षण नगर्ने निर्णयप्रति सरकारको ध्यानाकर्षण गराएको छ ।
बैठकमा बोल्दै नेपाली कांग्रेसका तर्फबाट राष्ट्रियसभा सदस्य अनिता देवकोटाले आयातित तरकारी र फलफूलमा विषादी परीक्षण नगर्ने सरकारको निर्णयप्रति सरकारको ध्यानाकर्षण गराएको हो ।

उनले कसैको दबावमा आएर सरकारले जनताको स्वास्थ्यमाथि खेलबाड गर्न नमिल्ने भन्दै आफ्नै निर्णय फिर्ता गर्नुपर्ने अवस्थाबारे सरकारले सदनलाई यथार्थ जानकारी गराउन माग गरे ।

उनले भने, यो कस्तो गाईजात्रा हो सभाध्यक्ष ज्यू ? आफैँ निर्णय गर्ने अनि आफैँ फेरि कार्यान्वयन नगर्ने ? निर्वाचनको बेलामा महान राष्ट्रवादीको नारा र भाषण दिने अहिलेको सरकार कसैको दबावमा आएर आफ्नो निर्णयबाट फिर्ता हुने र यो कस्तो राष्ट्रवाद हो ? अहिले सरकारको राष्ट्रवाद कुन दुलोभित्र छिरेको छ ?

उहाँले विषादीयुक्त तरकारी तथा फलफूल आयातमा कडाइका साथ रोक लगाउन र त्यस कार्ययोजनाबारे सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराए ।

असार २ गते राजपत्रमा प्रकाशित गरी आयातित तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने निर्णय गरेको सरकारले आफ्नै निर्णय उल्टाउँदै तत्कालका लागि विषादी परीक्षण नगर्ने निर्णय गरेपछि यसको सर्वत्र विरोध हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्