अपडेटः काठमाण्डौमा ४ दशमलव ६ रेक्टर स्केलको परकम्प, भक्तपुर केन्द्रबिन्दु

काठमाडौं, असार २१ ।काठमाण्डौमा भर्खरै भूकम्पको धक्का महसु्स भएको छ । भक्तपुर केन्द्रबिन्दु भएर ४ दशमलव ६ रिक्टर स्केलको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले अपरान्ह ४ बजेर १५ मिनेट जाँदा भक्तपुर केन्द्रबिन्दु भएर सो भूकम्प गएको जानकारी दिए ।

उनले सो भूकम्पको धक्का नयाँ नभएर ०७२ वैशाख १२ गतेको भूकम्पकै पराकम्प भएको बताए ।

भूकम्पको धक्का भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रे आसपासका जिल्लामा महसुस भएको बताइएको छ ।

भूकम्पको ठूलो धक्का महसुस भएपछि सर्वसाधारण त्रसित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्