मन्त्री ज्ञवाली भन्छन् – सरकार र कर्मचारीबीचको दूरीका कारण काम देखिन सकेको छैन

काठमाडौं, असार २१ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले काम गर्न चाहने सरकार र कार्यान्वयन गर्ने कर्मचारीका बीच दूरी रहेका कारण सरकारको काम देखिन नसकेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य समेत रहेका ज्ञवालीले नेकपाका रुपन्देही जिल्लाका अगुवा कार्यकर्ताहरुको भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै यस्तो कुरा बताएका हुन् ।

उनले पार्टी एकीकरणका अधिकांश काम सम्पन्न भएको भन्दै पार्टीको पोलिटब्यूरो बन्न पनि सक्ने र नबन्न पनि सक्ने बताए । पोलिटब्यूरो नहुँदैमा पार्टी संचालनमा समस्या नआउने नेता ज्ञवालीको भनाई छ ।

उनले नयाँ परिवर्तन र जनताको चाहानालाई आत्मसाथ गर्न नसक्दा र पुरानै ढाँचामा कर्मचारी संयन्त्र रहेकाले जनताले परिवर्तनको अनुभुति गर्न नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्