वीरगञ्जको वनस्पति उद्योगमा भीषण आगलागी: अझै नियन्त्रण बाहिर

काठमाडौं, असार २१ । वीरगञ्जको वनस्पति उद्योगमा लागेको आगो ९ घण्टासम्म पनि निभाउन सकिएको छैन ।

पर्साको वीरगञ्ज नगरपालिका–२१ लिपनीविर्तामा रहेको सुशील वनस्पतितेल उद्योगमा लागेको आगो ९ घण्टासम्म बिति सक्दा पनि अझै नियन्त्रणमा आउन सकेको छैन ।

बिहान ३ बजेतिरै देखि लागेको आगो अझैसम्म पनि निभाउन नसकिएको हो । अहिले ५ ओटा दमकल र प्रहरीको सहयोगमा आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

अहिले आगो निभाउने केमिकलको खोजी भइरहेको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्