निजी विद्यालयमा प्रवेश परीक्षाः विद्यार्थीमा त्रास, शुल्कमा मनोमानी

काठमाडौं, असार २१ । माध्यमिक शिक्षा(कक्षा १२ सम्म) निःशुल्क भनिए पनि निजी विद्यालयहरुले चर्को शुल्क लिएर अभिभावकमाथि दोहन गर्नेक्रम जारी राख्दै आएका छन्


विद्यार्थी भर्नापूर्व अहिले प्रायः सरकारी तथा निजी विद्यालयमा प्रवेश परीक्षा(इन्ट्रान्स)को तयारी थालिएको छ भने केही विद्यालयमा प्रवेश परीक्षा भइसकेको छ ।


सरकारले समेत कक्षा ११ र १२ मा शुल्क निर्धारण नगर्दा ती विद्यालयहरुले विभिन्न शीर्षकमा चर्को शुल्क असुल्ने गरेको पाइन्छ ।

निजी विद्यालयहरुले कलेजको नाममा विभिन्न संकायमा प्रतिविद्यार्थी ५० हजार रुपैंयाँसम्म शुल्क लिने गरेको पाइएको छ ।

विद्यालय शिक्षालाई कलेज भन्न मिल्दैन । सामुदायिक विद्यालयहरुले पनि विभिन्न शीर्षकमा शुल्क लिने गरेका छन् ।


निजी माविले भर्ना शुल्क, मासिक शुल्क, धरौटी, अतिरिक्त क्रियाकलाप, पुस्तकालयलगात शीर्षकमा विद्यार्थीबाट शुल्क लिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्