काठमाडौं महानगरपालिकाकी उपमेयर खड्की अस्पताल भर्ना

काठमाडौं, असार २० । काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्की अस्पताल भर्ना भएकी छन् । उनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो ।

उपमेयर खड्गीलाई हृदयघात भएपछि अस्पताल भर्ना गरिएको हो ।
हृदयघात भएको हुन सक्ने आशंका गरिएको छ ।

बिहीबार राति भएको हुन सक्ने आशंका भएपछि अहिले काठमाडौंको नर्भिक अस्पतालमा उनको उपचार भईरहेको छ ।

खड्गीका सहयोगीहरुका अनुसार उनको स्वास्थ्य सुधार भैरहेको जनाइएको छ ।

उनी अहिले सामान्य बोलचाल गर्न सक्ने अवस्थामा छिन् ।
बिहीबार राती उनलाई हृदयघात पछि अस्पताल पुर्याइएको हो ।

उनलाई २४ घण्टासम्म चिकित्सकहरुको निगरानीमा रहनुपर्ने र अस्पतालमा बस्दा मुटु सम्बन्धी थप स्वास्थ्य परीक्षण गर्नुपर्ने खड्गीका सहयोगीहरुले बताएका छन् ।

कामको दबाबका कारणले उनी केही समयदेखि तनाबको अवस्थामा रहेको उनका सहयोगीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्