सुडान घोटालामा संलग्न रहेका पूर्व आईजीपीद्वारा आत्मसमर्पण, जेल चलान गर्ने तयारी

काठमाडौँ, असार १९ । सुडान घोटाला काण्डमा दोषी ठहर भएर फरार रहेका नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक रमेश चन्द ठकुरीले सर्वोच्च अदातलमा आत्मसमर्पण गरेका छन् ।

ठकुरी आफै अदालतमा उपस्थित भएको र थुनामा नराखीकनै मुद्दाको पुनरावलोकन गर्ने मागसहितको निवेदन दिएको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले दिए ।

दुई वर्षअघि नै तत्कालिन प्रधानन्याधीश सुशीला कार्कीसहितको इजलासले ठकुरीलाई सुडानको डार्फरमा खटिने नेपाली मिसनको लागि सामग्री खरिदमा घोटाला गरेको ठहर गरेको थियो ।

चन्दलाई सर्वोच्चले १ बर्ष कैद र ४० हजार रुपैयाँ जरिबाना सुनाएको थियो ।
यसैबिच चर्चित सुडान घोटाल कान्डमा दोषी ठहर भएका पूर्व प्रहरी महानिरीक्षक( आइजिपी रमेश चन्द ठकुरीलाई जेल चलान गर्ने तयारी भइरहेको छ। उनलाई बिहीबार साँझ डिल्लीबजार कारागार चलानको तयारी भइरहेको स्रोतले जानकारी दिएको छ ।

सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदनसहित चन्दले आत्मसमर्पण गरेका थिए। तर अदालतले पुनरावलोकन गर्न अस्वीकार गरेपछि उनी जेल चलान हुने भएका हुन्। चन्दलाई सर्वोच्च अदालतले एक वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुडानको शान्ति मिसनका लागि सामान खरिद गर्नेक्रममा घोटाला गरेको दावीसहित चन्दविरुद्ध विषेश अदालतमा मुद्धा दायर गरेको थियो। भ्रष्टाचार काण्डमा दोषी ठहर भएपछि उनी आइजिपी भएकै क्रममा निलम्बनमा परेका थिए।

प्रतिक्रिया दिनुहोस्