कोरियन भाषा परीक्षामा पास हुनेको सीप परीक्षण आउँदो भदौमा हुने

काठमाण्डौ , असार १९ । कोरियन भाषा परीक्षामा पास हुनेको सीप परीक्षण आउँदो भदौमा हुने भएको छ ।

कोरियन भाषा परीक्षा अन्तर्गत भाषा परीक्षामा पास भएकाहरुको सीप परीक्षण आउँदो भदौ ४ गतेदेखि १८ गतेसम्म हुने ईपीएस कोरिया शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले जानकारी दिए ।

भाषा परीक्षामा पास भएका परीक्षार्थीले सीप परीक्षणका लागि असार २० गतेदेखि २९ गतेसम्म रजिस्ट्रेसन फारम भर्नुपर्ने भण्डारीले बताए ।
सीप परीक्षण हुने स्थान भने साउन २९ गते तोकिने छ ।

सीप परीक्षणबाट कृषितर्फ २ हजार र औद्योगिक क्षेत्रमा ४७ सय जना छनोट हुने सूचना अधिकारी भण्डारीले जनाकारी दिए ।

दक्षिण कोरिया जानका लागि कोरियन भाषा परीक्षामा १२ हजार ९ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । जसमध्ये कोरियाको मानव संशाधन केन्द्रले ६ हजार ७ सय श्रमिकको मात्र रोष्टर (दर्ता) गर्ने जानकारी गराएको ईपीएस शाखाले जानएको छ ।

भाषा र सीप परीक्षण दुवैमा पास भए पनि कोरियाको रोजगारी पक्का नहुने भन्दै सूचना अधिकारी भण्डारीले भाषा र सीप दुवै परीक्षामा उत्तीर्ण व्यक्ति कोरियाको रोजगारीका लागि आवेदन दिन योग्य मात्रै हुने बताए ।

छिल्लो समय युवाहरुमा बैदेशिक राजगार तथा विदेश जानेमा आर्कषण बढेको छ । आफ्नो देशमा रोजगार नहुँदा उनीहरु अरुको देशमा गएर परिश्रम गर्न बाध्य हुन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्