६–६ करोड पाउने सांसदहरुले मागे फेरि दशैं भत्ता पनि !


काठमाडौं, असार १९ । सरकारलाई दबाब दिएर निर्वाचन क्षेत्र विकासको नाममा ६–६ करोड पाउने निर्णय गराएका सांसदहरु अब दसैंभत्ता पनि लिने योजनामा लागेका छन् ।

‘प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति’का सदस्यहरुले बुधबार अर्थमन्त्री युवराज खतिवडासँग दसैंभत्ता उपलब्ध गराउन माग गरेका हुन् ।


दसैं आउन तीन महिना बाँकी छँदा समितिले अर्थमन्त्री खतिवडालाई बोलाएर यसबारे छलफल गरेको छ । केही सांसदले खुलेरै अन्य कर्मचारीले जस्तै दसैंभत्ता पाउनुपर्ने माग गरे ।

प्रतिक्रिया दिनुहोस्