दुई दर्जनभन्दा बढी पुर्वविशिष्टलाई विलासी गाडी, अन्य सुविधा के ?

काठमाडौं, असार १९ । सरकारले दुई दर्जनभन्दा बढी पुर्वविशिष्टलाइ पदाधिकारीलाई तलबिजी निर्णयमा चालक, इन्धन र मर्मत खर्चसहित विलासी गाडी सुविधा दिएको छ ।

सर्वोच्च अदालतको आदेशविपरीत संसदबाट कानुन नबनाई सरकारले पूर्वराष्ट्रपति डा. रामवरण यादवदेखि पूर्वसभामुखसम्मलाई महँगा गाडी दिएको हो ।

सर्वोच्चले ०६८ मंसिर २३ मा पुर्वविशिष्ट पदाधिकारीलाई मन्त्रिपरिषद्को तजबिजी निर्णयबाट दिएको गाडीलगायत सुविधा खारेज गर्दै कानुन बनाएरमात्र दिन सरकारका नाममा परमादेश जारी गरेको थियो ।

सरकारले पूर्व्विशिष्ट पदाधिकारीलाई गाडी, निजी सचिवालयसहितको सुविधा दिन दुई पटक संसदमा विधेयक पेश गरे पनि त्यसको सर्वत्र विरोध भएपछि फिर्ता लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्