गोरखामा न्वारानको भोज खाँदा ४० जना बिरामी
काठमाडौं, असार १८ । गोरखामा न्वारानको भोज खाँदा ४० जना बिरामी परेका छन् ।
गोरखाको शहीद लखन गाउँपालिका–६ वतासेका करिब ४० जना स्थानीय वासिन्दा एकै पटक बिरामी परेका हुन् ।
उनीहरुमा टाउँको दुख्ने, ज्वरो आउने, वान्ता हुने तथा पखाला लाग्ने जस्ता समस्या देखिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र श्रेष्ठले बताए ।
मंगलबार साँझदेखि एक्कासी यस्तो समस्या देखिए बताउदै श्रेष्ठले भने स्वयंसेविका मार्फत वुधबार बिहान मात्रै खबर आएकाले अहिले हामी घरघरै गएर उपचार गरिरहेकाछौं ।
केही बिरामीको स्वास्थ्यसंस्थामै उपचार गरिएको उनले बताए । फुड पोइजनका कारण बिरामी भएको हुनसक्ने उनको अनुमान छ । ‘सोमबार स्थानीय फुलमाया श्रेष्ठको घरमा छोराको न्वारानको भोज रहेछ, त्यही भोज खाएपछि बिरामी परेका रहेछन्,’ श्रेष्ठले भने ।
भोजमा कुखुराको मासु खाएका जति बिरामी परेकाले मासुकै कारण फुड पोइजन भएको अनुमान गरिएको छ ।
‘मासु नखानेलाई केही भएको छैन, खाने मात्र बिरामी परेका छन्,’ उनले भने । घैरुङ स्वास्थ्य चौकी र गाउँपालिकाको स्वास्थ्य शाखा टिमले विरामीको उपचार गरिरहेको छ । बिरामीको अवस्था सामान्य रहेको श्रेष्ठले बताए ।
प्रतिक्रिया दिनुहोस्