चौतर्फी विरोधपछि पछि हट्यो सरकार : भारतीय फिल्म अवार्ड आईफा अब नेपालमा नहुने
काठमाडौं , असार १८ । चौतफी विरोभपछि नेपालमै गर्ने भनिएको भारतीय फिल्म अवार्ड आईफा रोकिएको छ ।
अन्ततः अवार्ड आयोजना गर्ने निर्णयबाट सरकार पछि हटेको छ । चौतर्फी विरोधपछि सरकारले उक्त अवार्ड कार्यक्रम नेपालमा नगर्ने भएको हो ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले यसवर्षको आईफा अवार्ड नेपालमा नहुने पुष्टि गरका छन् ।
अब यो वर्ष नहुने नै भयो, अब एकरदुई वर्षपछि पूर्वाधारमा हामी सक्षम भयौं भने पुनस् आयोजनाको सम्भावना रहेको उनले बताए ।
सरकारले असार ८ गते मन्त्रिपरिषद बैठकबाट भारतीय फिल्म अवार्ड आईफा नेपालमा आयोजना गर्ने निर्णय गरेको थियो । उक्त अवार्ड कार्यक्रमका लागि काठमाडौं महानगरपालिकाले ४४ करोड रुपैयाँ अनुदान दिने भनिएको थियो ।
त्यसपछि उक्त अवार्ड कार्यक्रममा नेपाली नागरिकले तिरेको करबाट अनुदान दिन नहुने भन्दै विरोध भएको थियो ।
विरोधका बाबुजुत पनि सरकार गर्न तयार नै रहेको थियो तर चर्को विरोध भएपछि सरकारले नगर्ने निर्णय गरेको हो ।
यस विषयलाई लिएर नेपालका कलाार तथा विभिन्न संघसंस्थाले आपत्ति जनाएका थिए ।
प्रतिक्रिया दिनुहोस्