समानुपातिक सूची सच्याउन दललाई ३ दिनको समय

काठमाडौं  । निर्वाचन अयोगले प्रदेशसभा समानुपातिकतर्फ उम्मेदवारको क्रम नमिलाएका दललाई सच्याउन ३ दिनको समय दिएको छ । समानुपातिक सिट पाएका १३ मध्ये ६ दलको उम्मेदवार छनोट नमिलेको भन्दै अयोगले सच्याउन ३ दिनको समय दिएको हो ।

उम्मेदवारको क्रमसंख्या नमिलाई पठाएको, एउटा समुदायको कोटामा अर्को समुदायको व्यक्ति पठाएको पाइएकोले दलहरूलाई सच्याउन पत्रचार गरिएको आयोगको प्रवक्ता दिनेशकुमार घिमिरेले जानकारी दिए । उनका अनुसार कांग्रेस, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी, राप्रपा, जनमोर्चा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले क्लस्टर नमिलाएर उम्मेदवारको सूची पठाएका छन् ।

ती दलले पठाएको नामावलीमा समावेशी समूह नमिलेको, क्रम मिचिएको, महिलाको अनुपात नमिलाइएको जस्ता त्रुटी देखिएको छ । कानुनअनुसार समावेशी क्लस्टर नमिलेको र क्रम मिचिएर नामावली पठाइएका राजनीतिक दललाई सच्याउन पत्राचार गरिएको प्रवक्ता घिमिरेले बताए।  आयोगले दिएको पुस १४ को समयसीमाभित्र ती दलले आफूले पाएको सिटमा निर्वाचित गर्नुपर्ने उम्मेदवारहरुको नामावली पठाएका थिए ।

प्रतिक्रिया दिनुहोस्