दोर्दी खोला जलविद्युत आयोजनाका स्थानीयहरु आन्दोलीत, गरे कार्यालय घेराउ र बोटो बन्द

लमजुङ, १६ असार । तनहुँको २७ मेगावाटको हिमालयन पावर पार्टनर लिमिटेडद्धारा संचालित दोर्दी खोला जलविद्युत आयोजनाले आफूहरुलाई मुआब्जा नै नदिई पाइपलाइन विस्तार गरेको भन्दै स्थानीयले आन्दोलन शुरु गरेका छन् ।

बेसीशहर नगरपालिका ११ चितिका स्थानीयले स्वतन्त्र अग्रिम जानकारीसहितको मञ्जुरी (एफ्पिक) तथा अधिकार मञ्च सघर्ष समिति गठन गरेर आइतबार नारा जुलुशसहित दोर्दी खोला जलविद्युत आयोजनाको कार्यालय घेराउ गरेको हो ।
उनीहरुले मुआब्जाको विषयलाई लिएर आफ्नो जग्गामा पर्ने बाटो नै बन्द गरेका छन् । समस्या समाधान नभएसम्म बाटो नखोल्ने उनीहरुले बताएका छन् । उनीहरुले पीडितलाई सत्प्रतिशत क्षतिपूर्ति र मुआब्जा दिनुपर्ने, छरछिमेक कार्यक्रमको बजेट पारदर्शी हुनुपर्ने, ईआईए रिपोर्ट नेपाली भाषामा हुनुपर्ने, पानी मुहानको पहिचान गरेर प्रभावित स्थानीयलाई खानेपानी र सिंचाईको व्यवस्था गर्नुपर्ने लगायतका माग गरेका छन् ।

१५ मिटर जग्गा प्रयोग गर्ने भनी स्थानीयसँग सम्झौता गरेपनि आयोजनाले ३०/४० मिटर जग्गा अतिक्रमण गरको छ । पहिरोले गर्दा कतिपय घरहरु उच्च जोखिममा परेका छन् । जलविद्युत आयोजनालाई पटक–पटक मुआब्जाको विषयमा ध्यानाकर्षण गराउँदा पनि कुनै चासो नदिएकाले बाध्य भएर आन्दोनमा उत्रनु परेको स्थानीयहरुको भनाई छ ।

आफ्नै घर छेउँमा धमाधम निर्माण कार्य भइरहेका आयोजनाहरुले आफूहरुको मुहार उज्यालो बनाउनु भन्दा थप पीडा दिएको स्थानीयले बताएका छन् । जलविद्युत आयोजनाले भने अतिक्रण भएको ठाउँमा स्थानीय र आयोजनाबीच समन्वय गरेर मुआब्जा दिने बताउँदै आएता पनि कार्यान्यन भर्न भएको छैन । वार्ता र छलफलबाटै छिटो भन्दा छिटो समस्याको समाधन गर्न स्थानियले आयोजनालाई चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्