आजदेखि काठमाण्डौ उपत्यकामा फोहोर उठ्ने, समिति गठन

काठमाण्डौ, १६ असार । काठमाण्डौ उपत्यकामा थुप्रिएको फोहोर उठ्ने भएको छ ।
आइतबार बेलुका सिसडोलका नागरिक, महानगरपालिका र जनप्रतिनिधिबीच स्थानीयको माग सम्बोधन गर्ने विषयमा सहमति भएसँगै महानगरपालिकाले सोमबारदेखि थुप्रिएको फोहोर उठाउन थालेको हो ।

सहमति अनुसार १७ सदस्यीय फोहोरमैला ब्यवस्थापन समिति गठन गरिएको छ । समितिले १५ दिन भित्र सुझाव पेस गर्ने सहमति भएसँगै फोहोर उठ्न थालेको काठमाण्डौ महानगरपालिका वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो ।

सिसडोलका नागरिकले क्षतिपूर्ति पुनरावलोकन लगायत माग गर्दै आन्दोलन गरेका थिए । यसअघि आन्दोलनका क्रममा सिसडोलका नागरिक र प्रहरीबीच झडपसमेत भएको थियो ।

झडपका क्रममा केही स्थानीयवासी र प्रहरी घाइते भएका थिए । काठमाण्डौ उपत्यकामा दैनिक साढे ५ सय टन फोहोर महानगरपालिकाले उठाउँदै आएको छ । सिसडोलबासी र महानगरबीच पटक पटक यस्तो विवादहरु हुँदै आउने गरेको । महानगरपालीकाले फोहोर व्यवस्थापमा स्थायी समाधन खोज्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्