सर्लाहीमा गोली चल्यो , गोली प्रहारबाट एक जनाको घटनास्थलमै मृत्यु, ३ जना घाइते

काठमाडौं , असार १५ । सर्लाहीमा प्रहरीको गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।

ईश्वरपुर नगरपालिका पूर्वपश्चिम राजमार्ग बाँके जंगलमा गोली चलेको हो। २७ वर्षीय केवल महतोको मृत्यु भएको बताइएको छ।

स्थानीयको ढुंगामुढाबाट ८ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

नदीमा बालुवा उत्घनन् गर्दा बनेको खाल्डोमा परी बालकको मृत्यु भएको भन्दै सर्लाही र महोत्तरीको सिमानामा पर्ने बाँकेमा आइतबार भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा २७ वर्षीय केवल महतोको घटनास्थलमै मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्