३५ किलो गाँजासहित दुई पक्राउ, नागढुंगाबाट ब्राउन सुगरसहित एकजना समातिए
काठमाडौं, असार १४ । प्रतिबन्धित लागुऔषध ओसारपसारमा संलग्न भएको अभियोगमा प्रहरीले दुई व्यक्तिलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
बहुदरमाई नगरपालिका–५ बर्वा टोलमा ३५ किलोग्राम गाँजासहित पक्राउ परेका व्यक्तिलाई प्रहरीले आज सार्वजनिक गरेको हो ।
नियमित जाँचका क्रममा नगरपालिकाको भौराटार निवासी वर्ष ५५ का मदन साह र भारत बिहारको समस्तीपुर निवासी वर्ष ३५ का आनन्दी महतोको साथबाट उक्त परिमाणमा गाँजा बरामद भएपछि आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अन्नतराम शर्माले जानकारी दिए ।
उनले नेपालबाट खरीद गरिएको गाँजा भारत तर्फ लैजाने क्रममा दुई जनालाई पक्राउ गरिएको बताए । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी आवश्यक अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनामाथि लागुऔषध मुद्दा चलाउने प्रहरीले तयारी गरेको छ ।
नागढुंगाबाट ब्राउन सुगरसहित एकजना पक्राउ
महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले खैरो हिरोईन (ब्राउन सुगर) सहित एक जनालाई पक्राउ गरेको छ ।
काठमाडौँको मुख्य नाका चन्द्रागिरी नगरपालिका वडा नं. २ नागढुंगास्थित चेकजाँचको क्रममा खैरो हिरोईन (ब्राउन सुगर) सहित एक जनालाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृत थानकोटका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले नेपालगंजबाट काठमाण्डौँतर्फ आउँदै गरेको ना८ ख १३४ नम्बरको यात्रु बाहक बसबाट खैरो हिरोईन (ब्राउन सुगर) बरामद भएको बताए ।
जिल्ला सुर्खेत गर्भाकोट न.पा. वडा नं. १३ घर हुुने वर्ष २७ को गोपाल परियारलाई लागुऔषध खैरो हिरोईनसहित पक्राउ परेको डीएसपी थापाले पुष्टि गरे ।
वृत्त प्रमुख थापाले कालो प्लाष्टिकमा लुकाईछिपाई लिई आएको लागुऔषध खैरो हिरोईन ११.१५ ग्राम परियारको साथबाट बरामद गरेको पुष्टि गरे ।
पक्राउ परेका परियारमाथि लागुऔषध ऐन २०३३ अन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्