नेपाल एपीएफ स्कुलमा अन्तर विद्यालय प्रतियोगिता सम्पन्न

काठमाडौं, १३ असार । सशस्त्र प्रहरी बल, नेपाल कल्याणकारी सेवा केन्द्रद्धारा संचालित नेपाल एपीएफ स्कुल किर्तिपुर-४, काठमाडौमा पाँचौ अन्तर विद्यालय Extempore प्रतियोगिता सम्पन्न भएको छ ।

उक्त प्रतियोगितामा काठमाडौ उपत्यका भित्रका DAV School, Modern Indian School, Siddhartha Vanastali Institute, Vidya Sanskar School, Bagh Bhairab Boarding School, Jeeses International School, Green Lawns Academy, Nepal Police School, Hill Town Secondary School, Corona International School, RARAHIL School, Ujjwal Shisu Niketan School गरी १२ वटा विद्यालयहरु सहभागि रहेका थिए ।

त्रिभुवन विश्विद्यालयका प्रो.डा. ईश्वरी प्रसाद कडेल, युवराज पराजुली र वासुदेव सुवेदीले निर्णायक भूमिका निर्वाह गर्नुभएको उक्त कार्यक्रममा DAV School का छात्रा Adati Karki प्रथम, Vidya Sanskar School स्कुलका छात्र Mohit Ghimire द्धितिय र RARAHIL School का छात्रा Nasana Maharjan तृतीय भएकी थिईन् । सो अवसरमा विद्यालयका प्रधानाचार्य अज बहादुर के.सी. ले स्वागत मन्तव्य दिएका थिए भने विद्यालयका ई.सि.ए. प्रमुख राजकुमार प्याकुरेलले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

उक्त कार्यक्रममा प्रथम, द्धितिय र तृतीय हुने विद्यार्थीहरुलाई विद्यालयका प्रधानाचार्य र नि.समादेशक स.प्र.नि.अशोक न्यौपानेले संयुक्त रुपमा मेडल तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।    

प्रतिक्रिया दिनुहोस्