४ जिपिए सहित नेपाल एपीएफ स्कुलको उत्कृष्ट नतिजा

काठमाडौं, १२ असार । सशस्त्र प्रहरी बल नेपाल कल्याणकारी सेवा केन्द्रद्धारा संचालित यस नेपाल एपीएफ स्कुलका विद्यालयका विद्यार्थीहरुले माध्यमिक शिक्षा परीक्षा (SEE) 2075 मा सहभागी 75 जना विद्यार्थीहरुमध्ये विराज गैरेले 4.0 जिपिए ल्याउन सफल भएका छन्, त्यसैगरी 31 जनाले A+, 39 जनाले A र 5 जनाले B+ ग्रेड ल्याउन सफल भएका छन् ।

उत्कृष्ट अंङ्क ल्याउन सफल सम्पूर्ण विद्यार्थीहरुलाई विद्यालयका संरक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रधानाचार्य, विद्यालय समादेशक, सहायक प्रधानाचार्य लगाएत सम्पूर्ण शिक्षक शिक्षिकाको तर्फबाट बधाई तथा शुत्रकामना ज्ञापन गरिएको छ ।
साथै 10+2 मा विद्यालयले विज्ञान तथा व्यवस्थापन संकायमा विज्ञापन समेत गरिएको सहर्ष जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्