सुदूर पश्चिमलाई हराउँदै प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपीएपले जित्यो

काठमाडौं, असार ११ । प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि सशस्त्र प्रहरीको एपीएपले जितेको छ ।

महेन्द्रनगरमा सम्पन्न प्रतियोगितामा सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै एपीएफले उपाधि जितेको हो ।

सुदूरपश्चिमले दिएको ७२ रनको लक्ष्य एपीएफले १५ ओभरमा ४ विकेट गुमाएर पूरा र्गयो ।

एपीएफका लागि इन्दु बर्माले २२, सीता रानामगरले १८ र ज्योति पाण्डेले १७ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धा्रित ओभरमा ९ विकेट गुमाउदै ७१ रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि रुबि पोदारले २४ र कविता कुवँरले २२ रन बनाए । उपाधिसंगै एपीएपले पांच लाख पुरस्कार जितेको छ ।

उपविजेता सुदूरपश्चिमले तीन लाख प्राप्त र्गयो ।

राष्ट्रिय खेलकूद परिषद्को आयोजनामा असार ४ गतेबाट सुरु भएको प्रतियोगितामा सशस्त्र प्रहरी र सात प्रदेश गरि आठ टोलीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्