रुपन्देही र दाङमामा चट्याङ लागेर ६ जनाको मृत्यु, ४ घाइते
काठमाडौं, असार ११ । रुपन्देहीमा चट्याङले लागेर ३ जनाको ज्यान गएको छ । ३ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार कञ्चन गाउँपालिका २ का ६० वर्षीय नन्दराम अर्याल, सैनामैना ७ का ६२ वर्षीय चन्द्रबहादुर विक र गैडहवा ७ का २५ वर्षीय भगवानदास लोधको चट्याङ लागेर ज्यान गएको हो ।
घरको खेतमा काम गरीरहेको बेला मंलबार साँझ परेको चट्याङ लागेर गम्भीर घाइते भएका उनीहरुको उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीका अनुसार सियारी गाउँपालिका(२, की १४ वर्षीया ममता साहनी, वडा नम्बर ७ का ११ वर्षीय गौतम मल्लाह र १५ वर्षीय भोला मल्लाहको उपचार भइरहेको छ ।
यता दाङको राप्ती गाउँपालिकामा पनि चट्याङले लागेर तीन जना बालकको ज्यान गएको छ । एक जना गम्भीर घाइते भएका छन ।
दाङको राप्ती गाउँपालिका वडा नम्बर ३ मौरीघाटका १२ वर्षीय साजन चौधरी, १३ वर्षीय विवेक चौधरी र १० वर्षीय रमित चौधरीको चट्याङ लागेर ज्यान गएको हो ।
त्यसै ठाउँका अविनाश चौधरी गम्भीर घाइते भएका छन् । मंगलवबर बेलुकी स्कुलको छेउमा खेलिरहेको बेला चट्याङले लागेको हो । शवलाई पोष्टमर्टमका लागि लमही अस्पतालमा राखिएको छ ।
लमही अस्पतालमा घाइतेकोउपचार भैरहेको छ ।
प्रतिक्रिया दिनुहोस्