सबै अधिकार प्रदेश र स्थानीय तहलाई दिइएको छः मन्त्री पण्डित

काठमाडौं, असार १० । सबै अधिकार प्रदेश र स्थानीय तहलाई दिइसकेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले दाबि गरेका छन् ।

मंगलबार ललितपुर महानगरपालिकाको चौंथो नगरसभामा बोल्दै मन्त्री पण्डितले यस्तो दाबि गरेका हुन् ।

मन्त्री पण्तिले संविधानले व्यवस्था गरेको सबै अधिकार प्रदेश र स्थानीय तहलाई दिएको दावी गरेका हुन् । उनले प्रदेश र स्थानीय तहलाई संघीय सरकारभन्दा आफू अलग रहेको नठान्न पनि आग्रह गरेका छन् ।


संविधानले तीनवटै तहको सरकारलाई सहकार्यमा अघि बढन निर्दिष्ट गरेकाले संघ, प्रदेश र स्थानीय तहको सरकारलाई एक अर्काबाट अलग रहेको ठान्न नमिल्ने उनको भनाई थियो ।

मन्त्री पण्डितले केहीले सिंहदरबारको अधिकार गाउँमा नपुगेको भने पनि त्यसमा सत्यता नरहेको दावी गरे ।

प्रतिक्रिया दिनुहोस्