गुठी विधेयक राष्ट्रियसभाबाट फिर्ता
काठमाडौं , असार १० । सरकारले गुठी सम्बन्धी विधेयक राष्ट्रियसभाबाट फिर्ता लिएको छ। विधेयकको चौतर्फी विरोध भएपछि सरकार फिर्ता लिन बाध्य भएको हो।
राष्ट्रिय सभाबाट गुठी सम्बन्धी विधेयक फिर्ता भएको घोषणा गरिएको छ ।
मंगलबारको राष्ट्रियसभाको बैठकमा विधेयक फिर्ता गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले विधेयक फिर्ता गरियोस् भन्ने प्रस्ताव पेश गरेकी थिइन् ।
गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक,२०७५ को चौतर्फी विरोध भएपछि अघिल्लो साता पत्रकार सम्मेलन गरेर मन्त्री अर्यालले विधेयक फिर्ता हुने जानकारी गराएकी थिइन् ।
गुठी विधेयकले धर्मसंस्कृतिमाथि प्रहार गरेको भन्दै राजधानीका नेवारी समुदायले राजधानीमा विशाल जनप्रदर्शन गरेपछि सरकार विधेयक फिर्ता लिने निर्णयमा पुगेको थियो ।
प्रतिक्रिया दिनुहोस्