युवतीमाथि भैरहेको सिरिन्ज आक्रमण रोक्न सांसदको माग

काठमाडौं । प्रतिनिधिसभा अन्र्तगतको आजको बैठकमा सांसदले राजधानीमा युवतीमाथि भैरहेको सिरिन्ज आक्रमण रोक्न माग गरेका छन् । पछिल्लो समय काठमाडौंमा युवतीमाथि सिरिन्ज आक्रमण बढेको छ ।


दुई साताको अवधिमा राजधानीका ४ जना युवती र महिलामाथि अज्ञात व्यक्तिले सिरिन्जले आक्रमण गरेर भागेका थिए । सिरिन्ज आक्रमणमा परेका केही युवतीहरु चिकित्सकको निगरानीमा घर फर्किएका छन् ।

आक्रमणमा परेका युवतीहरको उमेर २० देखि २५ सम्मको रहेको छ ।
टेकु अस्पतालले आक्रमण भएको स्थानमा सिरिन्जको जस्तै प्वाल भेटिएको जनाएको छ ।

ठ्याक्कै सिरिन्ज हो वा होइन भन्ने यकिन त छैन तर, सियोजस्तै तिखो वस्तुले आक्रमण भने गरेको बुझिन्छ । राजधानीका पकानाजोल, स्वयम्भू र ढल्कोमा रातको समयमा मोटरसाइकलमा आएका व्यक्तिहरुले युवतीमाथि सिरिन्ज आक्रमण गरेर भाग्ने गरेको घटना सार्वजकि भएको थियो ।

यसैबिच सांसदहरुले युवतीमाथि भैरहेको सिरिन्ज आक्रमण रोक्न माग गरेका छन् ।

सांसद मीना सुब्बाले केही साता यता काठमाडौँमा सिरिन्ज आक्रमणका घटना बढेकाले यसलाई नियन्त्रण गर्न र सर्वसाधारणलाई यसको त्रासबाट बचाउन सरकारको ध्यानाकर्षण गराएकी छन् ।


दुई साताको अवधिमा राजधानीका युवती र महिलामाथि अज्ञात व्यक्तिले सिरिन्जले आक्रमण गरेका छन् यसलाई नियन्त्रण गर्न र सर्वसाधारणलाई यसको त्रासबाट बचाउन सरकार के गर्दैछ भनी उनले प्रश्न समेत गरिन् ।

यस्ता आक्रमण रोक्न सरकारले विषेश पहल गर्नु पर्नेमा जोड दिएको छ ।

प्रतिक्रिया दिनुहोस्