पहिरोमा थुनिएका ५१ जनालाई सेनाको हेलिकोप्टरद्वारा उद्दार, विस्थापित ३७ परिवारलाई राहत वितरण

काठमाडौं, असार १० । पहिरोमा थुनिएका ५१ जनालाई सेनाको हेलिकोप्टले उद्दार गरेको छ ।

संखुवासभा-सङ्खुवासभाको मकालु गाउँपालिका–५ को पेपुवामा सातादेखि पहिरोमा थुनिएका ५१ जनालाई सुरक्षित स्थानमा सारिएको हो ।

नेपाली सेनाको एमआई १७ हेलिकप्टरले उनीहरुलाई पेपुवाबाट गाउँपालिकाको केन्द्रमा सारिएको हो ।

पहिरोले विस्थापित भएका ३७ परिवारलाई गाउँपालिकाको सहयोगमा राहत पनि वितरण गरिएको छ ।

सांसद राजेन्द्र गौतम, जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यलगायतले पेपुवा पुगेर विस्थापितलाई आज राहत सामग्री वितरण गरेका थिए । पूर्ण विस्थापितमध्ये ५१ जनालाई नुममा ल्याइएको सांसद गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्