वर्षामा हुने जनधनको क्षेतिप्रति समयमै सचेत र सजग हुन गृहलाई समितिको निर्देशन
काठमाडौं, ९ असार । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले वर्षा लागेसंगै बाढी पहिरोबाट हुन सक्ने जनधनको क्षतिप्रति सजग रहन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।
सोमबार बसेको समिति बैठकले वर्ष याममा बाढी, पहिरो, नदी कटान, हवाहुरी, चट्याङ, महामारीजस्ता विपद आउन सक्नै हुँदा जनधन र स्वास्थ्यमा हुने जोखिमको आंकलन र विश्लेषण गरी सजग हुन मन्त्रालयलाई सचेत गराएको हो ।
‘वर्षायामको बेला बिभिन्न प्रकोपहरुबाट हुन सक्ने विपदका सम्भावित घटनाहरुबाट मानवीय एवं भौतिक क्षति न्युन गर्न पूर्व तथा आपतकालीन प्रतिकार्यलाई व्यवस्थित र मजबुद बनाउन जरुरी छ’ समितिको निर्णय सुनाउँदै सभापति शशी श्रेष्ठले भनिन् । ‘विपदपछि तत्काल उद्धार तथा राहतका लागि सुरक्षा निकाय, विपद व्यवस्थापनसँग सम्बद्ध संघीय, प्रादेशिक र स्थानीय समिति तथा निकायहरुको अधिकतम परिचालन गर्ने वातावरण बनाउन पनि समितिले निर्देशन दिएको छ ।’ त्यसका लागि विपद व्यवस्थापनको पूर्वतयारी तथा प्रतिकार्य योजना बनाई कार्यान्वयन गर्नुपर्ने समितिको भनाइ छ ।
साथै समितिले विपत् व्यवस्थापन गर्न प्राधिकरण गठन गर्न निर्देशन समेथ दिएको छ ।
समितिले ऐन बनेको २० महिनासम्म पनि राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरण गठन हुन नसकेको भन्दै २०७४ कात्तिक ५ गते राष्ट्रपतिबाट प्रमाणिकरण भएको विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा १० गृहमन्त्रालय अन्तर्गत एक राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरण रहने उल्लेख छ ।
विपद् व्यवस्थापनसम्बन्धी क्रियाकलापको प्रभावकारी रुपमा सञ्चालन तथा व्यवस्थापन गर्न प्राधिकरणको परिकल्पना गरिए पनि गठन नभएपछि समितिले चासो देखाएको छ ।
सोमबार बिहान सिंहदरबारमा बसेको समितिको बैठकले ‘राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरण’ यथाशीघ्र गठन गर्न गृहमन्त्रालयलाई निर्देशन दिएको छ ।
त्यस्तै, समाजवादी पार्टीले बारा र पर्सामा केही वास्तविक हावाहुरी पीडित लाभग्राहीको सूचीमा छुटेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।
२०७५ चैत १७ गते साँझ बारा र पर्सामा गएको हावाहुरीले १४ सय ५३ पीडितको घर पूर्ण रुपले क्षति गरेको तथ्याङ्क छ । सोही अनुसार हावाहुरी पीडितका लागि सरकारले नेपाली सेनामार्फत घर निर्माण गरिरहेको छ ।
तर, केही पूर्ण क्षति भएका घरधनीको नाम छुटेको उल्लेख गर्दै समाजवादी पार्टीका सांसद रामसहायप्रसाद यादवले यसतर्फ ध्यान दिन गृहमन्त्रालयलाई आग्रह गरे ।
‘हामी भनिरहेका छौं हावाहुरी प्रभावित क्षेत्रमा गएर पुनः निरीक्षण होस् भनेर । जो पीडित छन् ती छुट्न भएन’, यादवले समिति बैठकमा भने, गृहमन्त्रीज्यू, सचिवज्यू यहाँ हुनुहुन्छ । म यसबारे ध्यानाकर्षण गर्न चाहन्छु ।’
समयमै समन्धित निकाय सजक नुहँदा वर्षनी धेरे जनधनको क्षेती हुने गरेको छ । अति संवेदनसिल स्थानको वस्तीलाई स्थानान्तरण, सुरक्षित क्षेत्रमा बसोबासको व्यवस्था गरेमा भैपरिआउने जोखिम र क्षेतीबाट बच्न सकिन्छ । यसप्रति समयमै राज्य सजग र सचेत हुनुपर्दछ ।
प्रतिक्रिया दिनुहोस्