बैंकर र व्यवसायिमाथि गभर्नर नेपाल खनिय, मौद्रिक नीतिले नै मर्जरमा जान बाध्य पार्ने संकेत
काठमाडौं,९ असार । नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले मौद्रिक नीतिमार्फत् ठूला बैंकलाई पनि मर्जरमा जान बाध्य पार्ने कार्यक्रम ल्याउने संकेत दिएका छन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै गभर्नर नेपालले बैंकहरुबीचको मर्जरलाई ‘लभ’ र ‘बिहे’सँग तुलना गरे । उनले मौद्रिक नीतिपछि बैंकहरु मर्जरमा जानुपर्ने भएकोले अहिलेदेखि नै त्यसको तयारी (लभ) गर्न भन्दै घुमाउरो पाराले ठूला बैंकहरुलाई समेत मर्जर जान दबाब दिनेगरी व्यवस्था गर्ने संकेत गरेका हुन् ।
गभर्नर नेपालले यस कार्यक्रममा यसअघि लघुवित्त कम्पनीहरुको मर्जरको बारेमा दिएजस्तो कडा अभिव्यक्ति त दिएनन्, तर बैंकहरुलाई दश बर्षदेखि लभ गर्ने समय भएको र त्यो समय मौद्रिक नीतिसम्म मात्रै हुने भन्दै त्यसपछि कुनै न कुनै रुपमा मर्जरमा जान बाध्य पार्ने संकेत बताए ।
बजेटमै बैंकहरुको मर्जरबारे व्यवस्था भएपछि उत्साहित भएका गभर्नर नेपालले प्रधानमन्त्री र अर्थमन्त्रीलाई भेट्नुको कुनै अर्थ नहुने भन्दै उद्योगीहरुलाई संकेत गर्दै घुमाउरो चेतावनी समेत दिएका छन् । यसअघि प्रधानमन्त्री र अर्थमत्री भेटेर ब्याजदर घटाउन दिएको दबाब जस्तै प्रयास नगर्न उनले चेतावनी दिएका हुन् ।
गभर्नर नेपालले बैंक सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकको योग्यता संशोधन गर्दै अधिकतम उमेरहद तोक्ने संकेत समेत गरेका छन् ।
उनले राष्ट्र बैंकभित्र अनुसन्धान गर्ने ५०औंको संख्यामा योग्य समूह रहेको भन्दै आजको भोलिलाई हेरेर भन्दा पनि राष्ट्र बैंकले दीर्घकालिन हित हेरेर नीति ल्याउने गरेको बताए । उनले भने, “तपाईहरुले नबुझेको हो कि, बुझ्न नखोजेको होु गभर्नरले भने, ुतपाईहरु स्पष्ट हुनुस्, राष्ट्र बैंकले दीर्घकालिन हित हेरेर नीति तर्जुमा गर्छ ।”
उनले कर्मचारी ५८ बर्षेको उमेर अवकाश हुने भन्दै जनताको पैसा चलाउने सञ्चालक पनि अवकाश हुनुपर्ने बताए । अर्बौ रुपैयाँ जनताको पैसा परिचालन गर्ने सञ्चालक चै अवकाश हुनु पर्दैन भनि पैन गरे । त्यही भएर ६५ को हदबन्दी लगाएका छौं, उनले भने, “उमेर धेरै भएपछि समस्या हुन्छ। सिइओलाई लियो मन्त्री भेट्न हिँड्यो। राष्ट्र बैंकले भनेको कुरा पनि राम्ररी बुझ्दैन। यस्तालाई कसरी अर्बौ रुपैयाँ परिचालन गर्ने ठाउँमा राख्न मिल्छ ? ”
उनले ब्यवसायीप्रति पनि तिक्तता पोख्दै बैंकले नाफा गर्नै हुँदैन भन्ने हिसाबले ब्यवसायीको माग आउने गरेको तर्फइंकित गर्दै बैंकले नाफा गरेन भने समस्यामा पर्ने र त्यो समस्याले अर्थतन्त्रलाई नै समस्यामा पार्ने बताए । बैंक एक दिन टाट पल्टने दावी गरे ।
विगतदेखि नै मर्जरको पक्षमा वकालत गर्दै आएका गभर्नर नेपालले आफ्नो कार्यकालको अन्तिम मौद्रिक नीतिलाई आफ्नो एजेन्डा स्थापित गराउने दिशामा बढि केन्द्रित गर्ने सम्भावना रहेकोले पनि सो सम्भावना रहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्