पौडेलको मुडभेडमै मारिएको गृहमन्त्री थापाको दाबी

काठमाडौं, ९ असार । गृहमन्त्री रामबहादुर थापाले सर्लाहीमा नेत्रविक्रक चन्द समूहका जिल्ला इन्चार्ज कुमार पौडेल मारिएको घटना छानबिन गर्ने बताएका छन् । सर्लाही घटना बारे छलफलमा गृहमन्त्री थापाले उक्त घटना प्रहरी मुडभेडमै भएको दाबी गर्दै छानबिन गर्ने बताए ।

बैठकमा उपस्थित सबैजसो सांसदहरुले सर्लाही घटना मुडभेडमा नभई नियन्त्रणमा लिएर भएकोे बताएका थिए।
सांसदहरु जनार्दन शर्मा, दिलेन्द्र वडू, झपड रावल, यशोदा सुवेदी, रामसराय यादव लगायतले उक्त घटना छानबिन हुनुपर्ने माग गरेका थिए।

सांसद शर्माले कानुनत उनलाई नियन्त्रणमा लिनुपर्नेमा यो घटनाले द्वन्द्व बढाउने बताए।

बैठकमा प्रहरी महानिरीक्षक सर्वेन्द खनाल पनि उपस्थित थिए। खनालले मृतक पौडेल विभिन्न घटनामा संलग्न भएको बताएका थिए । सांसद् तीर्था गौतमले यो घटनाले पुनः द्वन्द्व बढ्ने भन्दै बैठकमै रोएकी थिइन् ।

गृहमन्त्री थापाले सरकारले वार्ता गर्न चाहे पनि चन्द समूहले नचाहेको बताए । .

नेत्रविक्रम चन्द समूहका जिल्ला इन्चार्ज पौडेलको लालबन्दी (१ लखन्देही खोलादेखि पूर्वको जंगलमा बिहीबार दिउँसो प्रहरीको गोली लागेर मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्