श्रम मुलुक जाने नेपालीलाई ‘एनओसी’ अनिवार्य

काठमाडौं, असार ९ । छिमेकी मुलुक भारत हुँदै तेस्रो मुलुक जाने नेपाली नागरिकले अतिरिक्त कागजपत्र पनि बुझाउनुपर्ने भएको छ।

भारतीय अध्यागमन पार गर्नका लागि दिल्लीस्थित नेपाली दूतावासको सिफारिसपत्र ९नो अब्जेक्सन सर्टिफिकेट० अनिवार्य गरिएको छ।

भारतीय अध्यागमन हुँदै साउदी अरेबिया, कतार, कुवेत, युनाइटेड अरब इमिरेट्स ९यूएई०, ओमान, बहराइन, इराक, लिबिया र लेबनान जाने नेपालीका लागि नो अब्जेक्सन सर्टिफिकेट ९एनओसी० अनिवार्य गरिएको दूतावासले जनाएको छ।

एनओसी लिन भारत हुँदै यी मुलुक जानुपर्ने कारणसहित सम्बन्धित व्यक्तिको हस्ताक्षर भएको निवेदनपत्र, यात्रा गर्ने व्यक्तिको राहदानी र राहदानीको प्रतिलिपि, गन्तव्य देशको भिसा र हवाई टिकटको प्रतिलिपि बुझाउनुपर्ने दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

प्रतिक्रिया दिनुहोस्