विदेशमन्त्री एस.जयशंकरलाई नेपालको भ्रमणमा आउन निमन्त्रणा

काठमाडौं, असार ८ । विदेशमन्त्री एस.जयशंकरलाई नेपालको भ्रमणमा आउन परराष्ट्र मन्त्रालयले निमन्त्रणा पठाएको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय विदेशमन्त्री एस.जयशंकरलाई नेपाल भ्रमणमा आउन पुनः खबर पठाएका छन् ।

नेपाल–भारतको विदेश मन्त्रीस्तरीय बैठकका लागि उनले निमन्त्रणा पठाएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

एस.जयशंकरले विदेश मन्त्रीको सपथ लिएपछि परराष्ट्रमन्त्री ज्ञवालीले पठाएको बधाईपत्रमा पनि नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए । तर उनी नेपाल नआएर पहिलो भ्रमण भुटानबाट गरेका थिए ।

परराष्ट्र मन्त्री ज्ञवालीले अहिले पुनः जयशंकरलाई निमन्त्रणा पठाएको बताइएको छ ।

यो विदेश मन्त्रीस्तरीय संयुक्त बैठक गत फागुन दोस्रो हप्ता नै बस्ने कुरा थियो । तर भारतमा चुनाव भएका कारणले बैठक स्थगित भएको थियो । संयुक्त बैठकको मिति चाँडै तोकेर मन्त्री जयशंकरको नेपाल भ्रमण गराउने परराष्ट्र मन्त्रालयको तयारी रहेको छ ।

यता नेपालमा मन्त्री जयशंकरको बारेमा भने विभिन्न टिकाटिपण्णी संगै आलोचना भइरहेको छ ।

त्यस अर्थमा पनि जयशंकरले गर्ने नेपाल भ्रमणलाई अर्थपूर्ण रुपमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्