पहिरोको कारण रसुवागढी नाका जोड्ने सडक अवरुद्ध, मालवाहक कन्टेनर बिच बाटोमै अलपत्र

काठमाडौं, असार ८ । पहिरोको कारण रसुवागढी नाका जोड्ने सडक अवरुद्ध भएको छ ।
शनिबार दिउँसोदेखि परेको वर्षाको कारण पहिरो गएपछि रसुवागढी नाका जोड्ने सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएपछि चीनको केरुङ जान लागेका तथा काठमाण्डौ जान लागेका मालवाहक कन्टेनर रोकिएका छन् ।

स्याफ्रुबेसी–रसुवागढी सडक खण्ड अन्र्तगत लिङलिङमा पहिरो गएपछि सडक अवरुद्ध भएको हो ।

अवरुद्ध सडक खुलाउनका लागि बिहानैदेखि पहिरो हटाउने काम सुरु भएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए ।

पहिरो पन्छाउनका लागि रसुवागढी जलविद्युत् आयोजना र लाङटाङ खोला जलविद्युत् आयोजनाले काम गरिरहेका छन् । शनिबार राति ८ बजे त्यस क्षेत्रमा पहिरो गएको थियो ।

प्रतिक्रिया दिनुहोस्