भारतबाट ५ बालबालिकाको उद्धार

काठमाडौं, असार ७ । भारतको लखनउबाट १६ वर्षमुनिका ५ बालबालिकाको उद्धार गरिएको छ ।

भारतको लखनउबाट ति पाँच जना नेपाली बालबालिकाको उद्धार गरी शनिबार नेपालगञ्ज ल्याइएको छ । शक्ति समूह नेपालको सहयोगमा दुई बालिका र तीन बालकलाई उद्दार गरी शनिबार नेपालगञ्ज ल्याइएको हो ।

उद्धार गरिएका बालक दैलेख, बाँके र बर्दियाका तथा बालिकाहरु कैलाली र रुपन्देहीका रहेका छन् ।

शक्ति समूह नेपालगन्जका क्षेत्रीय अधिकृत निर्मला थापाले भारतमा उद्धार गरेर बालगृहमा राखिएका नेपाली बालबालिकालाई नेपालगञ्ज ल्याइएको जानकारी दिईन् ।


उत्तर प्रदेशको राजधानी लखनउको विभिन्न होटल र कारखानामा काम गर्दै आएका बालबालिकालाई प्रहरीले उद्धार गरेर राजकीय बाल गृह र राजकीय बालिका गृहमा राखेका थियो । ती बालबालिकालाई भारतीय प्रहरीको सहयोगमा नेपाल ल्याइएको हो ।

नेपालगञ्ज ल्याइएका बालबालिकालाई अभिभावक आएपछि उनीहरुको जिम्मा लगाउने गरी हाल सिविन नेपालगञ्को बालगृहमा राखिएको छ । उद्धार गरिएका बालिकालाई शक्ति समूहको आपतकालिन आवास गृहमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्