छुवाछुत उन्मुलनमा राज्य असफल भयो: अध्यक्ष शर्मा

काठमाडौं, असार ७ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले छुवाछुत उन्मुलनमा राज्य असफल भएको बताएका छन् ।

शनिबार आजधानीमा जातीय भेदभाव तथा छुवाछुत विरुद्धको अधिकार सम्बन्धमा राष्ट्रिय मानवअधिकार आयोगले गरेको अन्र्तरक्रियामा अध्यक्ष शर्माले यतो बताएका हुन् ।

उनले छुवाछुत उन्मुलनसम्बन्धी नीति तर्जुमा गर्न सरकार असफल भएको बताए ।

छुवाछुतसम्बन्धी विद्यमान ऐन देखाउनका लागि मात्रै ल्याइएको उनले औँल्याए ।

शर्माले भने, ‘अहिलेको प्रस्तुत छुवाछुत विरुद्धको ऐनबाट कोही त्रसित हुँदैन । त्यो ऐन हुनु नहुनु केही फरक छैन । त्यसैले अहिले सम्मको हाम्रो डिजाइन फेलियर छ । कसरी छुवाछुत उन्मुलन गर्ने ? किन भएन त यत्तिका बर्ष हुँदा ? त्यसकारण कहीँ डिफेक्ट छ । डिजाइनको डिफेक्ट छ । कहीँ कार्यान्वयन गर्ने तरीकाको डिफेक्ट छ ।’

अध्यक्ष शर्माले दलित समुदायलाई पनि आफ्नो हक अधिकारका लागि एग्रेसिप भएर अघि बढ्न सुझाव दिए ।

कार्यक्रममा सहभागीहरुले चेतनाको विकासले मात्रै छुवाछुतको अन्त्य नहुने भन्दै नयाँ ढंगले अघि बढ्नुपर्नेमा जोड दिए ।

अहिलेको शताब्दीमा पनि छुवाछुतको अत्य नहुनुमा दुखद्को कुरा भएको सहभागीले बताएका थिए । अझै पनि ग्रामीणका केहि भेगहरुमा छुवाछुत कायमै नै रहेको छ ।

यसको अन्त्यका लागि नयां योजनाका साथ अगाडि जानु पर्नेमा उनीहरुले जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्