धादिङ जीप दुर्घटना: ज्यान गुमाउनेको संख्या ५ पुग्यो, १० घाइते (नामसहित)

काठमाडौं, असार ६ । धादिङ जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५ पुगेको छ ।

गल्छी गाउँपालिका वडा नम्बर-६, बाझगाउँमा यात्रु बोकेको जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ५ पुगेको हो ।


ज्यान गुमाउनेमा गल्छी गाउँपालिका वडा नम्बर-४ का ३८ वर्षीय राजु रम्तेल, ३२ वर्षीय सेते मिजार, वडा नम्बर-६ की ३० वर्षीया कान्छी भुजेल र २५ वर्षीया नानु तामाङको घटनास्थलमै ज्यान गएको थियो ।


दुर्घटनामा घाइते भएकामध्ये गल्छी गाउँपालिका-४ की २१ वर्षीया सबिता अधिकारीको उपचारका लागि काठमाण्डौ लैजाँदै गर्दा बाटोमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।


यस्तै . धादिङ, गल्छी गाउँपालिका-४ का ६२ वर्षीय बिष्णु अधिकारी ,. धादिङ, गल्छी गाउँपालिका-४ की ३५ वर्षीया सुनिता मिजार, गल्छी गाउँपालिका-४ की २३ वर्षीया सुजिता अधिकारी, गल्छी गाउँपालिका-४ का १५ वर्षीय सन्तोष रम्तेल, गल्छी गाउँपालिका-४ का ७० वर्षीय कृष्ण सार्की . गल्छी गाउँपालिका-४ की २८ वर्षीया रेनु भण्डारी, , गल्छी गाउँपालिका-४ का ३५ वर्षीय राम कृष्ण प्याकुरेल , धादिङ, गल्छी गाउँपालिका-४ की २६ वर्षीया शुष्मा लामा , र नाम, ठेगाना नखुलेका २ पुरुष घाइते भएका छन् ।

प्रहरीका अनुसार स्थानीय कार्कीडाँडाबाट खचाखच यात्रु र तरकारी हालेर बैरैनी बजारतिर आउँदै गरेको बा १८ च ९४०८ नम्बरको जीप शुक्रबार १२ बजे कच्ची सडकबाट पल्टिएर दुर्घटना भएको थियो।

प्रतिक्रिया दिनुहोस्