जिल्ला इन्चार्ज पौडेलको हत्या विरुद्ध विप्लवले गर्यो ४ दिने आन्दोनको घोषणा, कार्यक्रम यस्ता छन्

काठमाडौं, असार ६ । विप्लव नेतृत्वको नेकपाले चार दिने आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

विप्लवले सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्या विरुद्ध ४ दिने आन्दोलनको कार्यक्रम घोषणा गरेको हो


आज एक विज्ञप्ति जारी गर्दै नेकपाका महासचिव विप्लवले ४ दिने आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।

ओली नेतृत्वको सरकारले मुठभेडका नाममा देशव्यापी रुपमा निशस्त्र कार्यकर्ता माथिको हत्याश्रृंखला बढाएको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरिएको महासचिव विप्लवले जारी गरेको विज्ञप्तिमा जनाएको छन् ।

आन्दोलनका कार्यक्रमहरुमा असार ७ गते प्रचार–प्रसार, असार ८ गते कोणसभा तथा घरदैलो, ९ गते मसाल जुलुस र असार १० गते नेपाल बन्दको कार्यक्रम तय गरिएको छ । असार ५ गते भएको पौडेल हतयकाण्डको छानविनको माग समेत गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्