धादिङमा जीप दुर्घटना अपडेट :चार जनाको घटनास्थलमै मृत्यु (नामसहित) १० घाइते

काठमाडौं, असार ६ । धादिङमा जिप दुर्घटना भएको छ । दुर्घटना परि ४ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेमा गल्छी गाउँपालिका वडा नम्बर-४ का ३८ वर्षीय राजु रम्तेल, ३२ वर्षीय सेते मिजार, वडा नम्बर-६ की ३० वर्षीयाकान्छी भुजेल र २५ वर्षीया नानु तामाङ रहेका छन् ।


धादिङको गल्छी गाउँपालिका वडा नम्बर-६ बाझगाउँमा यात्रु बोकेको जीप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै ज्यान गएको हो भने १० जना घाइते भएका हुन् ।

सिर्वानी गाउँबाट खचाखच यात्रु र तरकारी हालेर बैरैनी बजारतिर आउँदै गरेको बा १८ च ९४०८ नम्बरको जीप कच्ची सडकबाट पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानाकारी दिए ।

दुुर्घटनामा घाइते भएका १० जनालाई बैरेनी स्वाथ्यचौकीमा उपचारपछि थप उपचारका लागि काठमाण्डौ ट्रमा सेन्टरमा लयाइएको छ ।

कच्ची सडकको साँघुरो घुम्तीमा चालकले जीप नियन्त्रणमा लिन नसक्दा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरलिे जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्