धादिङमा जिप दुर्घटना, चार जनाको घटनास्थलमै ज्यान गयो, ८ घाईते, अन्यको अवस्था यस्तो छ

काठमाडौं, असार ६ । धादिङमा जिप दुर्घटना भएको छ । दुर्घटना परि चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा अन्य ८ जना घाईते भएको प्रहरीले जानकारी दिएको छ । घाईतेहरुलाई उद्दार गरी विभिन्न अस्पतालमा पठाइएको छ ।


गल्छी गाउँपालिका वडा नं ५ को सिरुवारीबाट बैरेनीतर्फ जाँदै गरेको बा१८च ९४०८ नम्बरको जिप वडा नं ६ बाँझगाउँमा दुर्घटना भएको हो ।


जिप माथिल्लो सडकबाट पल्टेर तल्लो सडकसम्म आईपुगेको हो भने यस बारे थप जानकारी आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्