जिल्ला इन्चार्जको हत्या भएपछि बोल्यो विप्लव: भन्यो–’वली सरकारको राज्यआतंक र हत्याको बदला लिन्छौँ’

काठमाडौं, असार ६ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो पार्टीका सर्लाही इन्चार्ज तथा जनकपुर ब्यूरो सदस्य कुमार पौडेलको कायरतापूर्वक हत्या भएको जनाएको छ ।

बिहिबार नै सो पार्टीका जनकपुर ब्युरो इन्चार्ज अरुणले एक विज्ञप्ति जारी गर्दै सर्लाहीको लालबन्दी नगरपालिका १ लखन्ती खोलामा साथी पर्खिरहेका पौडलमाथि प्रहरीले हात र टाउकली हानी कायरतापूर्वक हत्या गरको बताएका हुन् । उनले यो गैरन्यायिक हत्या भएको दाबी गर्दै भत्र्सना समेत गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ,‘ नेपाल कम्युनिष्ट पार्टी यो गैरन्यायिक हत्याको विरोध र भत्र्सना गर्दछ र वली सरकारको राज्यआतंक र हत्याको बदला एकीकृत जनक्रान्तिकै माध्यामबाट लिने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।’ उनले पौडेलको बलिदानले पार्टी र आन्दोलनलाई ठुलो क्षति पुगेको समेत बताएका छन् ।

हिजो सर्लाहीमा प्रहरी र विप्लव समूहबीच भिडन्त हुँदा प्रहरीको गोली प्रहारबाट प्रतिवन्धित विप्लवका समूहका जिल्ला इन्चार्ज कुमार पौडेल रहेको मृत्यु भएको थियो ।

लालबन्दीमा दुई वटा मोटरसाइकलमा आएका चार जना विप्लव कार्यकर्ता र प्रहरीबीच जम्काभेट हुँदा भिडन्त भएको थियो ।

पोखरेलले विप्लवका जिल्ला इन्चार्ज पौडेलसहितको टोलीले प्रहरीमाथि आक्रमण थालेपछि जवाफी फायरिङ हुँदा पौडेलको मृत्यु भएको बताए ।

प्रतिक्रिया दिनुहोस्