हुम्लामा भएको जीप दुर्घटनामा सबैको निधन भएको भन्दै गाउँपालिकाद्वारा शोक प्रस्ताव पारित
काठमाडौं, असार ५ । हुम्लामा जीप दुर्घटनामा परेर सबैको निधन भएको भन्दै गाउँपालिकाले शोक प्रस्ताव पारित गरेको छ ।
हुम्लाको खार्पुनाथ गाउँपालिका ५ मा गएको मंगलबार भएको जीप दुर्घटनामा परेर बेपत्ता भएका व्यक्तिका परिवारलाई गाउँपालिकाले १०र१० हजार सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।
१० जना चढेको लु १ ज ७१६६ नम्बरको जीप खार्पुनाथ गाउँपालिका–५ बेडुबिसौनाबाट कर्णाली नदीमा खसेको थियो ।
जीप सहित नदिमा खसेका व्यक्तिहरुको अवस्था अझैसम्म पनि थाहा हुन सकेको छैन । खोजीमा तालिम प्राप्त गोताखोरसहितको टोली बुधबारबाटै खटिएको भए पनि अझैसम्म पनि भेट्न सकेको छैन ।
तर गाउँपालिकाको कार्यसमिति बैठकले भने बेपत्ता भएकाहरुको मृत्यु भएको ठहर गर्दै शोक प्रस्ताव पारित गरेको खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष भीमराज शाहीले बताए ।
शोक प्रस्ताव पारित गर्दै बेपत्ता भएका व्यक्तिका परिवारलाई क्रिया खर्चबापत १० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएको गाउँपालिका अध्यक्ष शाहीले बताए ।
खोजीका क्रममा गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाहीले बोकेको ब्याग फेला परेको भए भए पनि जीप र त्यसमा रहेका यात्रु फेला नपरेको र खोजी भइरहेको वडा नम्बर पाँचका वडाध्यक्ष भीमराज शाहीले बताए ।
हराइरहेको जीपसहित त्यसमा रहेका यात्रुको खोजीका लागि गोताखोरसहित सशस्त्र प्रहरीको १० जनाको टोली खटिएको भइपनि अहिले सम्म उनीहरुको अवस्ता भने अज्ञात नै रहेको छ ।
प्रतिक्रिया दिनुहोस्