सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेट प्रतिपक्षीले प्रदेश सभाको गेटमै जलाए, किन ?
काठमाडौं, असार ५ । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेट प्रतिपक्षीले जलाएका छन् ।
बजेटको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाका प्रदेश सासंदहरुले रातो किताब जलाएका हुन्।
बिहीवार दिउँसो प्रदेश सभाको बैठक बहिस्कार लगत्तै प्रदेश सभाको गेटमै सासंदहरुले आगामी आर्थिक बर्षको बजेटको विरोध गर्दै रातो किताब जलाएका हुन्।
सासंदलाई समेत अपमान गर्ने किसिमले प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६र०७७ को बजेट ल्याएकोले रातो किताब जलाएको नेपाली कांग्रेस संसदीय दलका नेता डाक्टर रण बहादुर रावलले बताए।
उनले भने, ‘प्रदेश सरकार लुटतन्त्रमा व्यस्त छ, आसेपासेलाई बजेट बाँडिरहेको छ।’
जनतामैत्री बजेट नल्याएकाले बजेट पुस्तिका जलाईएको डाक्टर रावलले बताए।














प्रतिक्रिया दिनुहोस्