भर्खरै आयो यस्तो खबर: पुलमा हिँडिरहेकी एक महिलाले एक्कासि नारायणी नदीमा हाम फालिन् , कारण यस्तो छ
काठमाडौं, असार ५ । पुलमा हिडिरहेकी एक जना महिलाले एक्कासि नारायणी नदीमा हाम फालेकी छन् ।
भरतपुर महानगरपालिका–२१ पार्वतीपुर बस्ने ३३ वर्षीया विमला कुमालले आज बिहान १०ः३० बजे नारायणी नदीको पुलबाट हाम फालेर बेपत्ता भएकी हुन् ।
पुलमा हिँडिरहेकी उनी एक्कासि नदीमा हाम फालेको प्रत्यक्षदर्शीको भनाइलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
पुलमा छाडेको झोलामा रहेको कागजातका आधारमा ती महिलाको पहिचान खुलेको र उनको खोजी भइरहेको नारायणगढ वडा प्रहरी कार्यालयले जनाएको छ ।
यसअघि असार १ गते राप्ती नगरपालिका वीरेन्द्रनगरकी २१ वर्षीया कविता सापकोटाले पनि स्कुटरबाट ओर्लेर सोही पुलबाट हाम फालेर बेपत्ता भएकी थिइन् । पछिल्लो समय दिनानुदिन यस्ता घटना बढ्दै जान थालेका छन् ।
प्रतिक्रिया दिनुहोस्