होटेल हयातका आन्दोलनरत मजदुर काममा फर्किए

काठमाण्डौ , असार ४ । मजदुर आन्दोलनका कारण एक सातादेखि बन्द रहेका हायात होटेल मंगलबार रातीदेखि नियमित सञ्चालनमा आएको छ ।

सेवा–सुविधा कटौतीको बिरोधमा श्रमिकले आन्दोलन थालेपछि जेठ ३० गतेदेखि होटल बन्द भएको थियो ।

मजदुर र व्यववस्थापनबीचको विवाद समाधान गर्न सरकारले समन्वय गर्ने भएपछि आन्दोलित श्रमिकहरुले आन्दोलन स्थगित गरेका हुन् ।


होटल हायातका जनसम्पर्क निर्देशक गोविन्दराम परियारले आन्दोलितमध्ये केही कर्मचारी मंगलबार साँझ र अन्य बुधबार बिहान ८ बजेदेखि नियमित काममा फर्कीको जानकारी दिए ।


’श्रम ऐन, २०७४’ ले तोकेको सेवा सुविधा पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रेका तारागाउँ रिजेन्सी होटल्स लिमिटेड (हयात रिजेन्सी, काठमाण्डौ) का मजदुर बुधबारदेखि काममा फर्किएका हुन् ।

श्रम तथा रोजगार कार्यालयले मजदुरको माग पूरा गराउन मध्यस्थता गर्ने बताएपछि सम्पूर्ण श्रमिक काममा फर्किएको अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरा मजदुर सङ्घका महासचिव एवं हयात होटलको आधिकारिक ट्रेड युनियनका अध्यक्ष मुक्ति दाहालले जानकारी दिऐ ।

श्रम कार्यालयले सेवा सुविधा प्राप्त गर्ने कानुनी बाटो खुला गरेकाले आन्दोलन नगरी काममा फर्कन मजदुरलाई आग्रह गरेको थियो ।

मजदुर काममा फर्केपनि व्यवस्थापनले अझै पनि होटल सञ्चालन गरेको छैन ।
दुई सय ८० कोठा रहेको त्यस होटलमा करिब ४०० मजदुर कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्