कलंकी मालपोत नमुना घोषणाः उद्घाटन गर्दै प्रधानमन्त्रीले भने- भूमि व्यवस्थालाई प्रविधि मैत्री बनाउन सुरु गरियो

काठमाडौं , असार ४ । काठमाडौं कलंकीस्थित मालपोत कार्यालयलाई नमुना कार्यालय घोषणा गरिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नमुना कार्यालयको उद्घाटन गरेका छन्।

नमुना कार्यालय एकैद्वारबाट पारदर्शी सेवा प्रवाह उपलब्ध गराउन प्रबन्ध मिलाइएको छ।

नमुना कार्यालय एकैद्वारबाट पारदर्शी सेवा प्रवाह उपलब्ध गराउन प्रबन्ध मिलाइएको छ।

नमुना कार्यालयको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भूमि व्यवस्थालाई प्रविधि मैत्री बनाउन सुरु गरिएको बताए ।


ओलीले विकास र सेवाका प्रयासमा प्रविधिको प्रयोग गरेर जनतालाई छिटो र छरितो सेवा दिइने बताएका छन् ।

“अब मालापोतमा मात्र होइन शिक्षा र स्वास्थ्यका क्षेत्रमा पनि प्रविधिको प्रयोग गरेर छिटो,छरितो र गुणस्तरीय सेवा प्रदान गरिनेछ ” प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले अबको दुई बर्ष भित्रमा देशका सबै मालपोत कार्यलयका ढड्डाहरु ,पुराना लिखतहरु डिजिटलाइज्ड भइसक्ने बताए ।

प्रधानमन्त्री ओलीले प्रविधिको प्रयोगले थोरै जनशक्तिबाट धेरै काम लिन सकिने,उत्पादन र उत्पादकत्व वृद्धि गरिने र सबै काम पारदर्शी हुने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्