सरकारले गुठी विधेयक फिर्ता लिए पनि माइतीघरमा विशाल प्रदर्शन (फोटोसहित)

काठमाडौं, असार ४ । गुठी पक्षधरहरुले काठमाडौंको माइतिघर विशाल प्रदर्शन गरेका छन् ।

गुठीविधेयकका विरोधकर्ताहरु यति बेला राजधानीको माइतीघरमा भेला भएका छन् । उनीहरुले गुठी विधेयक फिर्तामात्रै नभएर रद्द नै गर्नुपर्नेमा माग गरेका छन् ।

चर्को दबाबपछि सरकारले गुठी विधेयक फिर्ता लिए पनि काठमाण्डौमा विभिन्न माग राख्दै गुठी विधेयकविरुद्ध प्रदर्शन सुरु भएको छ


विभिन्न नाराअंकित व्यानर, आफ्नो संस्कृति झल्कने भेषभूषा र झाँकीसहित प्रदर्शनमा सहभागीहरुले गुठी विधेयकको विरोधमा सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी गरिरहेका छन् ।


हिजो मात्रै राष्ट्रियसभामा प्रस्तुत गुठीसम्बन्धी विधेयकको चौतर्फी विरोधपछि भूमिव्यवस्थामन्त्री मन्त्री पदमा अर्यालले मंगलबार फिर्ता लिएको घोषणा गरेकी थिइन् ।

सरोकारवालासँगको छलफलपछि यसलाई अघि बढाउने उनको भनाइ थियो । तर, गुठी पक्षधरहरुले पुनः सरकारले विधेयक अघि बढाउन सक्ने आशंका गरेका छन् ।

त्यसैको खबरदारीका लागि विधेयक फिर्ता भएको भोलिपल्ट राजधानीका विभिन्न स्थानबार्ट याली निकालेर गुठीपक्षधरहरुले प्रदर्शन गरेका हुन् ।


यसअघि शहरका विभिन्न भागबाट निकालिएको जुलुस माइतीघर मण्डलामा केन्द्रीत भएको थियो ।

राजधानीको बानेश्वर, बसन्तपुर, कुपण्डोल, पाटनलगायतका क्षेत्रबाट विशाल जुलुस निकालिएको हो ।


जुलुसमा सहभागिहरुले सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी लगाएका थिए भने गुठी विधेयकको नाममा तलमाथि गरिए आफूहरुलाई मान्य नहुने कडा चेतावनी दिएका थिए ।

विभिन्न स्थानबाट निस्किएर्को याली माइतीघर मण्डलामा आयोजित खबरदारीसभामा गएर मिसिएको छ ।

खबरदारीसभा अघि ‘हाम्रो संस्कृति कसैको दाइजो होइन’, ‘सम्पदा मास्न पाइँदैन’लगायतका प्लेकार्ड बोकेका प्रदर्शनकारीहरुले त्रिपुरेश्वर, थापाथली, कुपण्डोल लगायतका क्षेत्रबार्ट याली निकालेका थिए ।


खबरदारीसभामा विभिन्न व्यक्तिहरुले सम्बोधन गर्ने बताइएको छ । गुठी पक्षधरहरु प्रदर्शनपछि थापाथली, त्रिपुरेश्वर, माइतीघर मण्डलालगायतका स्थानको सवारी आवागमन प्रभावित बन्न पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्