अन्ततः विवादमा रहेको गुठी विधेयक सरकारद्वारा फिर्ता

काठमाडौँ, असार ३ । सरकारले राष्ट्रिय सभामा दर्ता भएको गुठी विधेयक फिर्ता लिएको छ।

भूमिसुधार मन्त्रालयमा मंगलबार पत्रकार सम्मेलन गरी मन्त्री पद्माकुमारी अर्यालले विधेयक फिर्ता लिएको घोषणा गरेकी हुन्। ।

यो विधेयक गत वैशाख १५ गते राष्ट्रियसभामा दर्ता भएको थियो । तर गुठी मास्ने गरी विधेयक ल्याएको भन्दै चौतर्फी विरोध भएपछि सरकार यस्तो निर्णय गर्न बाध्य भएको हो ।

पत्रकार सम्मेलनमा विधेयकलाई लिएर भ्रम सिजर्ना गर्ने र वातावरण विथोल्ने कोसिस भएको भन्दै सरोकारवालासँग थप छलफल आवश्यक देखिएकाले विधेयक फिर्ता लिएको मन्त्री अर्यालले बताइन् ।

प्रतिक्रिया दिनुहोस्