परिणाम घोषणा गर्न भएको ढिलाईप्रति एमालेले आयोगको ध्यानाकर्षण गराउने

काठमाडौं । नेकपा एमालेले निर्वाचन आयोगको ध्यानाकर्षण गराउने भएको छ ।निर्वाचन परिणाम घोषणा लगायत समग्र प्रक्रियामा निर्वाचन आयोगले गरेको ढिलाईका कारण नयाँ सरकार गठनको बाटो लम्बिएको भन्दै नेकपा एमालेले निर्वाचन आयोगको ध्यानाकर्षण गराउन लागेको हो।

अपरान्ह ३ बजे कान्तिपथस्थित आयोग मुख्यालयमा एमाले नेताहरुले आयोग पदाधिकारीलाई भेटी ध्यानाकर्षण गराउने भएका हुन् । प्रतिनिधिसभा अन्तर्गत प्रत्यक्षतर्फको नतिजा सकिएपनि समानुपातिक तर्फको सिट बाँडफाँट गरी टुंग्याउन आयोगले ढिलाई गरेको एमालेले आरोप लगाउँदै आएको छ ।

एमाले नेता सुवास नेम्वाङले आयोगले जनताको जनादेश रोकेको भन्दै संबिधानको मर्मअनुसार अघि बढ्न आयोगको ध्यानाकर्षण गर्न लागिएको बताए।

संबिधान अनुसार आयोगले प्रक्रिया बढाउन आलटाल गरेको भन्दै नेता नेम्वाङले त्यसमा आयोगले १ मिनेटपनि ढिला गर्न नहुने उल्लेख गरे । आयोग पदाधिकारीले भने संबिधानको मर्म र भावना अनुसार नै आयोग अघि बढेको दाबी गर्दै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्