संसदमा बोल्न नपाएका प्रधानमन्त्री ओलीले डाके पत्रकार सम्मेलन, भने, ‘सम्मेलनमै सबै कुरा बताउँला ।’

काठमाडौँ , असार ३ । नेपाली कांग्रेसका कारण संसदमा बोल्न नपाएका प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन डाकेका छन् ।

संसदमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदको अवरोधका कारण ओलीले बोल्न नपाएका हुन् ।

ओलीले बेलुका पाँच बजे सिंहदरबारमा पत्रकार सम्मेलन गरी आफ्नो भनाई सार्वजनिक गर्ने तयारी गरेको सा्रेतले जनाएको छ ।

संसदमा को पहिला बोल्ने भन्ने विषयमा विवाद हुँदा कांग्रेसका सांसदले रोस्टम घेराउ गरेपछि संसद बैठक स्थगित गर्न सभामुख कृष्णबहादुर महरा बाध्य भए । बोल्नका लागि रोस्टममा पुगेका प्रधानमन्त्री ओलीले बोल्न पाएनन् ।

संसद भवनबाट बाहिरिने क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले बेलुका सबै कुरा थाहा हुने बताए । उनले भने, ‘बेलुका पाँच बजे पत्रकार सम्मेलन हुन्छ, सबै कुरा त्यहिँ बताउँला ।’

प्रधानमन्त्री केपी शर्मा ओली या प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले पहिले संसदमा बोल्ने भन्ने विषयमा विवाद भइरहेका बेला सभामुखले बैठक सुरु गरेर प्रधानमन्त्री ओलीलाई बोल्न समय दिएका थिए ।

त्यसपछि कांग्रेस सांसदले रोस्टम घेरेका थिए । सभामुखले बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित गरे । संसदमा भएको यो घटनाप्रति मिश्रित प्रतिक्रिया आएको छ ।

यसरी कांग्रेसका सांसदको नाराबाजीका कारण प्रधानमनत्री ओलीले केहि बोल्न पाउनु भएन् । उनीहरुले संसदीय मर्यादा कायम गर, प्रतिपक्षले सदनमा बोल्न पाउनुपर्छ भन्दै नाराबाजी गका थिए ।

प्रधानमन्त्री ओलीले चुपचाप ८ मिनेटसम्म विपक्षी दलको नाराबाजी रोष्टमबाट हेरिरहे । अब यसको प्रतिक्रिया दिन्छन कि के गर्छन प्रधानमन्त्री ओलीले त्यो भने पत्रकार सम्मेलन पछि मात्रै थाहा हुने छ ।

प्रतिक्रिया दिनुहोस्