यस्तो छ ‘शत्रु गते’को पहिलो गीत ‘रुपै मोहनी’ (भिडियो सहित)

काठमाडौं – प्रदीप भट्टराईको निर्देशन रहेको चलचित्र ‘शत्रु गते’को पहिलो गीत सार्वजनिक भएको छ । महजोडीको प्रस्तुतिमा बनेको चलचित्रको ‘रुपै मोहनी’ बोलको गीत सार्वजनिक गरिएको हो ।

निर्माण युनिटले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको गीतमा हरिवंश आचार्य, दीपकराज गिरि, पल शाह, दिपाश्री निरौला, प्रियंका कार्की, आँचल शर्मा माथी छायाँकन गरिएको छ ।

लोकराज अधिकारीको शब्द र टंक बुढाथोकिले संगीत रहेको गीतमा टंक र  मिना निरौलाको स्वर रहेको छ ।

महजोडी मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज, दीपाश्री, प्रियंका, पल शाह, आँचल शर्मा, किरण केसी, राजाराम पौड्याल, बसुन्धरा भुसाल, शिवहरी पौड्याल लगायतको मुख्य भुमिका रहेको छ । कमेडी बिषयमा निर्माण भएको चलचित्र ९ चैत्रबाट प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया दिनुहोस्